श्रीमतिले प्रेमीसँग मिलेर हत्या गरेको अभियोगमा ५ पक्राउ
rajdhanidaily.com · Thu Aug 27 06:22:14 GMT 2026

कैलाली । लम्कीचुहा नगरपालिका–४ बस्ने ३३ वर्षीय दिपक सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । दिपककी श्रीमति यमुना सुनारले प्रेमीसँग मिलेर अमरावती जंगलमा दिपकको हत्या गरी कर्णाली नदीमा फालेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–४ बस्ने ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका–१० बस्ने ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ बस्ने ३२ रामराजेश महतो, कञ्चनपुर बेलौरी नगरपालिका–९ बस्ने ५६ वर्षीय बिरेन्द्र राना र सोही नगरपालिका–८ बस्ने ३२ वर्षीय भीमा राना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)