कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु
onlinekhabar.com · Sat Aug 08 04:34:46 GMT 2026

२३ साउन, धनगढी । कञ्चनपुरमा घरको छतबाट खसेका युवकको मृत्यु भएको छ । शुक्रबार साँझ घरको छतबाट खसेका भीमदत्त नगरपालिका-६ ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले घरको छतको दोस्रो तलाबाट खसेका नेगीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)