पेप्सीकोलामा आवर फेमिली मार्ट, जापानबाट फर्केका दोलखाका उज्ज्वलले गर्दैछन् अनुभव उपयोग
bizmandu.com · Sat Apr 02 04:53:32 GMT 2022
काठमाडौं। काठमाडौंको पेप्सीकोला चोकस्थित बोता रेष्टुरेन्टपछाडि भव्य मार्ट सञ्चालनमा आएको छ। ८ वर्ष जापान बसेर फर्किएका दोलखाका उज्ज्वल दाहालले 'आवर फेमिली मार्ट' सुरु गरेका हुन्। एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको मार्टले शनिबारबाट बिक्री शुरु गरेको हो।
मार्टमा सबै किसिमका उपभोग्य वस्तु पाइने दाहालले बताए। ८ वर्ष जापानमा बस्दा उनले मार्टमै काम गरेका थिए। सोही अनुभवलाई आफूले आफ्नै मुलुकमा उपयोग गरेको उनले बताए।
मार्टमा सहर र गाउँ दुवैका उत्पादन संयोजन गरिएको छ। गाउँका रैथाने उत्पादनहरु चामल, दाल, गुन्द्रुक, बेसार लगायतका अर्गानिक सामान मार्टमा राखिएको उनले बताए। मार्टसँगै फास्ट फुड र कफी सेन्टर समेत चलाउने उनको तयारी छ।
उज्ज्वलकी पत्नी सविनाले ग्रोसरीसहित सबैखाले सेवा एउटै छानाबाट दिने आफूहरुको लक्ष्य रहेको सुनाइन। 'किनमेल गर्न आउने ग्राहकलाई फास्ट फुड र कफीको स्वाद समेत चखाउँदैछौं,' उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)