टिमुरे खटाइएका प्रदेश सचिव भन्छन्– राज्यले जहाँ खटाउँछ, त्यहाँ गएर जिम्मवारी पूरा गर्छु
onlinekhabar.com · Mon Aug 31 13:47:28 GMT 2026

१५ भदौ, विराटनगर । शव व्यवस्थापनका विषयमा संघीय सरकारलाई सामाजिक सञ्जालमार्फत ‘सुझाव’ दिएको २४ घण्टा बित्न नपाउँदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौला २४ काज सरुवामा परे । रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै काम गर्नेगरी संघीय सरकारले उनलाई खटाएको हो ।
मोरङको प्रमुख जिल्ला अधिकारी रहँदा कोरोना महामारीका बेला शव व्यवस्थापनमा गरेको अनुभव सुनाउँदै निरौलाले शनिबार फेसबुकमा एउटा स्टाटस लेखेका थिए । भोटेकोशीको बाढीपछि शव व्यवस्थापनमा मानवीय संवेदना र संस्कारको ख्याल गर्नुपर्ने उनको आसय थियो । तर, सरकारले उनको सुझावलाई ‘विज्ञता’ को उपमा दिँदै भोलिपल्टै रसुवाको बाढीग्रस्त क्षेत्रमा खटाउने निर्णय गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)