राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिऔँः नेता शाही
emountaintv.com · Thu Aug 27 06:22:00 GMT 2026

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी–पहिरो जस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले विपद् व्यवस्थापन र उद्धारका लागि ६ बुँदे सुझाव प्रश्तुत गर्नुभएको हो । शाहीले रसुवा लगायतका क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो । विशेष गरी त्रिशूलीस्थित हाकु २१६ (जेबी) को सुरुङभित्र ३०० भन्दा बढी व्यक्तिहरू फसिरहेको जानकारी दिँदै उहाँले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । आज बिहानैदेखि सशस्त्र प्रहरीको हेलिकप्टरमार्फत उद्धार कार्य शुरु भएको र सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्न निर्देशन दिइएको उहाँले बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)