पत्रकार खेम भण्डारी कारागारबाट रिहा
barnanmedia.com · Sat Aug 08 06:13:17 GMT 2026

कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हुनुभएको हो । निर्मला पन्त हत्या प्रकरणका विषयमा पत्रकार भण्डारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर भएको थियो । अदालतले विसं २०८२ जेठ १ गते उहाँलाई दोषी ठहर गरेको थियो । तत्कालीन न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उहाँलाई कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्वप्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला प्रकरणमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै पत्रकार भण्डारीविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)