‘पर्यटनमा लगानीअघि बजारको माग र सम्भाव्यता अध्ययन अनिवार्य गरौँ’
kendrabindu.com · Sat Aug 08 06:30:35 GMT 2026

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले ओभर इन्भेस्टमेन्ट, घट्दो व्यवसाय र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीसँग जुधिरहेको बताएका छन् । नेपाल न्यूज बैंक सँगको विशेष कुराकानीमा उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधारसँगै बजार विश्लेषण, सेवा गुणस्तर र मानव पूँजी विकासमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।