स्वास्थ्य मन्त्रालयले भन्यो : बिदामा पनि बाढी प्रभावित घाइतेको उपचारको व्यवस्था मिलाउनू
barnanmedia.com · Thu Aug 27 15:41:46 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा उपचार कार्यलाई तीव्र बनाउन मातहतका निकायहरूलाई निर्देशन दिएको छ।
मन्त्रीस्तरीय उच्च व्यवस्थापन समूहको बैठकको निर्णयअनुसार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत बाढीपहिरो प्रभावित तटीय क्षेत्रहरूमा तत्काल आवश्यक स्वास्थ्य सेवा र राहत उपलब्ध गराउन मातहतका विभाग, अस्पताल, प्रतिष्ठान तथा कर्मचारीहरूलाई सक्रिय रहन परिपत्र जारी गरेको छ। साथै, मन्त्रालयले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)