गाईभैँसी खरिदमा अनुदान दिएपछि रुपाका किसान व्यावसायिक पशुपालनमा
ratopati.com · Sat Aug 08 06:41:34 GMT 2026

कास्की । कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर सोमार्फत किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो ।
यसबाट पालिकामा दूध उत्पादन वद्धि भएको छ भने किसानको आम्दानीसमेत बढेको छ । पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन् । रुपा-७ ठूलीबेँसीका किसान शङ्करलाल श्रेष्ठको गोठमा अहिले तीन वटा जर्सी गाई छन् । गाउँपालिकाले प्रतिगाई रु ४० हजार अनुदान उपलब्ध गराएपछि उनले गाई किनेर व्यावसायिक पशुपालन सुरु गरे । श्रेष्ठले दैनिक २० लिटर दूध बजारमा बिक्री गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)