चीन–रूससँग युद्ध भएमा अमेरिकाले साना आणविक हतियार प्रयोगको विकल्प खुला
bishowkhabar.com · Sat Aug 08 07:02:54 GMT 2026

काठमाडौं– रुस र चीनसँग बढ्दो रणनीतिक तनावका बीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ। अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार पेन्टागनले ठूला रणनीतिक आणविक हतियारसँगै कम क्षमताका ‘ट्याक्टिकल’ आणविक हतियार प्रयोग गर्ने विकल्प समेटिएको नयाँ रणनीति तयार गरिरहेको छ।
रिपोर्टअनुसार यस्ता हतियार सैन्य अखडा, एयरबेस, मिसाइल प्रक्षेपण स्थल वा सीमित युद्धक्षेत्रमा रहेका अन्य सैन्य लक्ष्यविरुद्ध प्रयोग गर्न सकिने अवधारणा अघि सारिएको छ। पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीको नेतृत्वमा रणनीति तयार भइरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)