महालक्ष्मी ग्रुप अफ कम्पनिजद्वारा बाढी प्रभावितका लागि १० लाख सहयोग
annapurnapost.com · Mon Aug 31 13:54:31 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि महालक्ष्मी ग्रुप अफ कम्पनिज ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीका अनुसार उक्त रकम संस्थापकका आमाबुबा अकिल बहादुर खड्गी र महालक्ष्मी खड्गीको तर्फबाट सहयोगस्वरूप उपलब्ध गराइएको हो। बाढी तथा पहिरोबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खड्गी परिवारले शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)