एन्सेलोट्टीको मास्टरक्लास, जापानलाई २–१ ले हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
kalakarmi.com · Tue Jun 30 00:39:45 GMT 2026
काठमाडौं- मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीको रणनीतिक निर्णयले ब्राजिललाई फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुर्याएको छ । ह्युस्टनमा भएको अन्तिम ३२ को रोमाञ्चक खेलमा जापानविरुद्ध एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ब्राजिलले २–१ को जित दर्ता गरेको हो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल सुरुआतमै दवावमा परेको थियो । पहिलो हाफमा जापानका मिडफिल्डर Kaishu Sano ले डानिलोको कमजोर पासलाई सदुपयोग गर्दै शक्तिशाली लो सटमार्फत गोल गरेपछि जापानले अग्रता बनाएको थियो । सानोको प्रहार ब्राजिलका गोलरक्षक Alisson Becker का लागि रोक्न असम्भवजस्तै बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)