६३ लाख पर्यटक भित्र्याउने सुमन पाण्डेको ‘भिजन’, पर्यटनमा नीतिगत सुधारको जोड
kalakarmi.com · Sat Aug 08 07:10:54 GMT 2026

काठमाडौं- पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले ओभर इन्भेस्टमेन्ट, घट्दो व्यवसाय र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीसँग जुधिरहेको बताएका छन् । उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधारसँगै बजार विश्लेषण, सेवा गुणस्तर र मानव पूँजी विकासमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
पाण्डेका अनुसार नेपालको पर्यटन सेवाको स्तर एसियाकै राम्रो सेवामध्ये एक मानिन्छ । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली आतिथ्य र सेवाले सकारात्मक पहिचान बनाएको भए पनि पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा आवश्यकता भन्दा बढी लगानी हुँदा व्यवसायिक दबाब बढेको छ । उनले पर्यटन पूर्वाधारमा भएको अत्यधिक लगानी र वास्तविक पर्यटक आगमनबीचको असन्तुलनले सेवा क्षेत्रमा नकारात्मक असर पर्न थालेको बताए । ‘नेपालको सेवास्तर अन्तर्राष्ट्रिय बजारमा राम्रो मानिन्छ । तर आवश्यकताभन्दा धेरै होटल र रेस्टुरेन्ट खुलेपछि व्यापार विभाजित भयो । आर्थिक मन्दीका कारण व्यवसाय घट्दै जाँदा सेवा गुणस्तरमा पनि सम्झौता हुन थालेको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)