राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमुख पदाधिकारी पदका लागि आवेदन आह्वान
ratopati.com · Sat Aug 08 07:23:14 GMT 2026

काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका प्रमुख पदाधिकारी पदहरूमा नियुक्तिका लागि खुला आवेदन आह्वान गरिएको छ । प्रतिष्ठानले साउन २२ गते एक सूचना जारी गर्दै रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदपूर्तिको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो ।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४’ तथा कार्यकारी परिषद्बाट स्वीकृत पदाधिकारी छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम यी पदहरूमा पदपूर्ति प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)