सरकारलाई सचेत गराउने काम निरन्तर रहनेछ : मनिष झा
ratopati.com · Sat Aug 08 07:51:18 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले सुधार गर्नैपर्ने केही पक्ष रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही एक्लो नभएको समेत बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका सांसद झाले आफूले हिजो सदनमा भने झैँ सरकारको नियत र आशयमा कुनै शङ्का नभएको तर सुधार्नुपर्ने केही पक्ष रहेका बताएका छन् । उनले भनेका छन्– ‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)