झुम्पा लाहिरीको नेमसेक : दोस्रो पुस्ताका डायस्पोराको साझा स्वर
lokaantar.com

केही कुराले सताएपछि कथा लेख्ने झुम्पा (निलन्जना शुदेश्ना) लाहिरीलाई सताउने विषयवस्तु चाहिँ आप्रवासी परिवार, माया र विछोड हो । उनका आख्यानमा पहिचानको खोजी, परिवार, सांस्कृतिक विस्थापन र आत्मखोजका विषयवस्तु रहने गर्दछन् ।
उनको सर्वाधिक चर्चित उपन्यास नेमसेक दोस्रो पुस्ताका डायस्पोराको पहिचान र विस्थापनको दर्दनाक साझा स्वर हो । यो समकालीन भारतीय डायस्पोरा साहित्यको प्रभावशाली उपन्यासमध्ये एक हो; जसले पहिलो पुस्ताको आप्रवासीको स्थापनाको संघर्ष र दोस्रो पुस्ताको पहिचानको अन्तरपीडालाई अन्तरवोधी शैलीमा प्रस्तुति गर्न सफल छ । भारतीय आप्रवासी मात्र होइन, यसले प्रतिनिधि रूपमा सबै डायस्पोरा जो सांस्कृतिक सम्मिलन र विचलन तथा मौलिकताको संरक्षण र विर्सजनबीचको आन्तरिक संघर्षको प्रकाशन गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)