बैतडीका १७८ जनाले घरमै पाए राहदानी
canadanepal.com · Sat Aug 08 08:28:42 GMT 2026
बैतडी - सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सञ्चालन गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा बैतडीमा प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लाका १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले तीन महिनामा २४८ राहदानी वितरण गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये १७८ जनालाई घरमै राहदानी पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)