बैतडीका १७८ जनाले घरमै पाए राहदानी
baahrakhari.com · Sat Aug 08 08:28:18 GMT 2026

बैतडी । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ ।
बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरूका घरमै सेवा प्रदान गरिएको छ । उनले भने, “बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)