पोखराबाट कोरोलासम्म
annapurnapost.com · Sat Aug 08 08:28:07 GMT 2026

कोरोलास्थित हिउँकृत भूमिमा चैत्र अन्तिम साता हामीले आ–आफ्ना नामहरु हिउँमा लेखेर आयौं । एक ! दुई ! तीन ! चार ! पाँच ! अह ! एक सय सत्र जनाले । एक सय सत्र जनाले २४ नम्वर पिल्लर वरपर छरिएर एकै पटक कुल्चँदा हिउँको सेतो रङ हल्का गुलाबीमा परिणत भएथ्यो । कल्पनामा अनगिन्ती पटक पुगेको ठाउँमा पुग्नु, त्यहाँको माटोलाई स्पर्श गर्नु र आफ्नै आँखाले प्रकृतिको विराट सौन्दर्यलाई अनुभूत गर्नु पाउनु फरक कुरा रहेछन् ।
कोरोला नाकाको ४,७०० मि उचाइमा पुगेर निलो आकाशमुनिको सेताम्य धर्ती वरपर देखिएका असंख्य हिमालहरुको समिपमा केही समय बरालिएर हामी ओरालियौं । उकालो चढेपछि ओरालो ओर्लनै पर्ने प्रकृतिको शाश्वत नियम हिमालमा मात्र सीमित रहेनछ, जीवनमा पनि उत्तिकै सत्य रहेछ । चाहे त्यो पहाडको उचाइमा होस् या जीवनकै उचाइमा । पोखरा तीन दिनदेखि झरीले निथु्रक्क भिजिरहेथ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)