राप्रपालाई युवामैत्री बनाउन आस्माहरूको सक्रियता खाँचो छ : प्रवक्ता श्रेष्ठ
ratopati.com · Sat Aug 08 08:35:15 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले युवाहरू भिड देखेर कुदिहाल्ने र पछि पछुताउने नियति देशले लामो समयदेखि भोग्दै आएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा मिस नेपाल–२०२४ की विजेता आस्माकुमारी केसीले राप्रपामा सक्रिय हुने घोषणा गरेको समाचार सेयर गर्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले राप्रपालाई युवामैत्री बनाउँदै अघि बढाउन धेरै आस्मा केसीहरूको सक्रियताको खाँचो रहेको समेत बताएका छन् । प्रवक्ता श्रेष्ठले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रदेखि जान्नेलाई छान्ने लहडसम्म धेरै युवाहरू बरालिएका बताउँदै यो आरोप होइन यथार्थ भएको समेत बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)