दुई दशकपछि हेटौंडा कपडा उद्योगमा फेरि चल्यो तान, परीक्षण उत्पादन सुरु
kendrabindu.com · Sat Aug 08 08:37:05 GMT 2026

हेटौंडा। लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुनः परीक्षण उत्पादन सुरु गरिएको छ। उद्योगमा रहेका पुराना मेसिन तथा तान मर्मत गरेर शनिबार परीक्षण उत्पादन सुरु गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का निजी सचिव प्रदीप परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगका पुराना मेसिन र तानहरूको मर्मतपछि परीक्षण उत्पादन थालिएको हो। लामो समयदेखि निष्क्रिय रहेका तान सञ्चालनमा आएपछि उद्योग परिसरमा पुनः कपडा बुन्ने आवाज सुनिन थालेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)