कोशी प्रदेशका १९३ मध्ये १५९ जना अझै बेपत्ता
ratopati.com · Mon Aug 31 14:13:22 GMT 2026

विराटनगर । रसुवा जिल्लाको भोटकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ श्रम र रोजगारीका लागि पुगेका १५९ जना नागरिकहरू अझै सम्पर्कविहीन छन् ।
आज साँझसम्मको विवरण अनुसार कोशी प्रदेशका १४ जिल्लाका कुल १९३ जना व्यक्तिहरू बाढीबाट प्रभावित बनेका थिए । जसमध्ये १५९ जना अझै पनि बेपत्ता रहेका छन् भने ५ जनाको मात्र जीवितै उद्धार भएको छ । त्यसमध्ये २७ जना सम्पर्कमा आएका छन् भने १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)