बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन
rajdhanidaily.com · Mon Aug 31 14:13:30 GMT 2026

काठमाडौं । रसुवा बाढीका कारण मृतकको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९३९ शव फेला परेका छन् । प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् ।
यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ । यस्तै, साँझसम्मको तथ्यांकअनुसार तीन हजार ९२५ जना सम्पर्कविहीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)