विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योग मन्त्रीको निर्देशन
ratopati.com · Sat Aug 08 09:03:41 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गरेकी छिन्। शनिबार अनुगमनका क्रममा मन्त्री यादवले कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी ग्यास वितरण गर्न निर्देशन दिएकी छिन्।
कीर्तिपुर शैक्षिक केन्द्र भएकाले त्यहाँ धेरै विद्यार्थीहरू डेरा गरी बस्ने र उनीहरूलाई ग्यासको अभाव हुन नदिन मन्त्रीले सबै ग्यास वितरक कम्पनीहरूलाई सचेत गराएकी छिन् । उपभोक्ताको गुनासो र बजारको अवस्था बुझ्न मन्त्री आफैँ डिपो पुगेकी उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)