एआई युगको नयाँ ग्याजेट बन्दै चिनियाँ स्मार्ट चस्मा, विश्व बजारमा बढ्दै आकर्षण
kalakarmi.com · Sat Aug 08 09:00:20 GMT 2026

बेइजिङ- चीनमा निर्मित कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट चस्माले विश्व बजारमा तीव्र विस्तार गर्दै नयाँ प्रविधि उद्योगमा चर्चा बटुल्न थालेका छन् । एआई, अग्मेन्टेड रियालिटी (एआर) र एक्सटेन्डेड रियालिटी (इआर) चस्माको माग बढ्दै जाँदा चिनियाँ ब्रान्डहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् ।
उद्योगसम्बन्धी तथ्यांकअनुसार सन् २०२५ मा चीनबाट २४ लाख ६० हजार स्मार्ट चस्मा निर्यात भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ८७ प्रतिशतले बढी हो । विश्वव्यापी स्मार्ट चस्मा आपूर्तिमध्ये चिनियाँ ब्रान्डहरूको हिस्सा २३ प्रतिशत पुगेको छ भने एआर र ईआर चस्मा खण्डमा उनीहरूले ८७ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)