देशमा परिवर्तन पुरानै दलका कारण भएको हो : रिजवान अन्सारी
ratopati.com · Sat Aug 08 09:14:28 GMT 2026

काठमाडौँ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले संविधानलाई पूर्णता दिनका लागि अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्। अग्रगामी मोर्चाको घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले उत्पीडित समुदायको हक-अधिकार रक्षाका लागि यो मोर्चा बनेको स्पष्ट पारेका हुन्।
विगतमा भएका गल्ती र कमीकमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता अन्सारीले जनाए। नयाँ शक्तिहरूतर्फ लक्षित गर्दै उनले भने, ‘पुरानो दलले केही गरेको छैन भनेर जसले भनिरहेका छन्, तिनलाई म भन्न चाहन्छु कि आज जनताको छोरा राष्ट्रपति बन्नुभएको छ, त्यो पुरानै दलका कारणले भएको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)