आठ साना दल मिलेर बनाए ‘अग्रगामी मोर्चा’, समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई मुख्य एजेन्डा
aarthiknews.com

काठमाडौं । विभिन्न प्रगतिशील, परिवर्तनकारी तथा समाजवादी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित आठ साना राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा सहभागी छन्।
नयाँ बानेश्वरस्थित थापागाउँमा आयोजित घोषणा कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले मोर्चाको अवधारणा पत्र सार्वजनिक गरेका हुन्। अवधारणा पत्रमा विभिन्न विचार र पृष्ठभूमिका परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई साझा एजेन्डाका आधारमा एकताबद्ध गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। मोर्चाले लोकतान्त्रिक, प्रगतिशील, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक, समाजवादी तथा समावेशी राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा संगठित गर्ने लक्ष्य लिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)