सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ
nepalpress.com · Sat Aug 08 09:16:45 GMT 2026

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)