भागवतमा निहित अद्वैत वेदान्त दर्शन
ratopati.com · Sat Aug 08 09:24:06 GMT 2026

श्रीमद्भागवत कथा आयोजना गर्ने प्रचलन हिन्दुहरूको बाहुल्य भएको हाम्रो समाजमा सदियौँदेखि चल्दै आएको छ। भागवत भन्नेबित्तिकै ईश्वरको भक्ति गाउने, भगवान्का अवतारहरूको वर्णन गर्ने वा भगवान्का लीलाकथाहरू भन्ने बुझिन्छ। वास्तवमा अठार हजार श्लोकको भागवतमा केवल भक्ति वा भगवान्का लीलाकथाहरू मात्र नभई आध्यात्मिक मार्गका अन्य विधाहरू जस्तै वेदान्त र साङ्ख्य दर्शनका बारेमा पनि उल्लेख गरिएको छ।
यो अन्य पुराणभन्दा भिन्न यस अर्थमा पनि छ कि यसमा ईश्वरभक्ति, उपासनाका विधिका साथै वेदान्त दर्शनका अनमोल मोतीहरू पनि पाइन्छन्। भागवत महात्म्यमा भनिएको छ, यस कथाका प्रत्येक श्लोक र प्रत्येक पदमा वेद र उपनिषद्कै सार उल्लेख गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)