माछापुच्छ्रे बैङ्कद्वारा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रममा सहभागिता, एमबीएल एम-स्मार्टमा बिल जितौँ (आईआरडी) सुविधा
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको “करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम” लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम-स्मार्ट (एमबीएल एम-स्मार्ट) मोबाइल बैङ्किङ एपमा बिल जितौँ (आईआरडी) सुविधा सञ्चालनमा ल्याएको छ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताहरूले नियमित लक्की ड्र मार्फत नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)