देउवा साउन २८ गते मात्र नेपाल फर्कनुहुन्छ : मीन विश्वकर्मा
ratopati.com · Sat Aug 08 09:38:51 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताएका छन् । विश्वकर्माका अनुसार देउवा साउन २८ गते दिउँसो १२ बजे फर्किने समय तय भएको हो ।
यसअघि, निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महतले उपचारको क्रममा विदेशमा रहेका देउवा साउन २६ गते राति नेपाल फर्किने बताएका थिए । देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए। सिंगापुरमा स्वास्थ्य परीक्षण र उपचारको काम सकिएपछि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)