चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग
khabarhub.com · Sat Aug 08 09:49:23 GMT 2026

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना वा अन्य घटनाका क्रममा चालक तथा सहचालकमाथि हुने हातपात र कुटपिट रोक्न कडा कानून बनाउन सरकारसँग माग गरेका छन्।
शनिबार काठमाडौंमा तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिटौलाले दुर्घटना भएलगत्तै चालक तथा सहचालकमाथि आक्रमण हुने गरेको भन्दै उनीहरूको सुरक्षाका लागि प्रहरी र ट्राफिक प्रहरीसरह आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)