‘चालक र सह-चालकको सुरक्षाका लागि कडा कानुन बनाउनुपर्छ’
nepalnews.com · Sat Aug 08 09:57:27 GMT 2026

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सह-चालकहरूको सुरक्षाका लागि कडा कानुन बनाउन माग गरेका छन्।
काठमाडौँमा शनिबार तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभा उद्घाटन गर्दै अध्यक्ष सिटौलाले सवारीसाधन दुर्घटना भएमा वा कुनै घटना भए चालकहरूमाथि हुने हातपात र कुटपिट रोक्न प्रहरी र ट्राफिकसरह नै चालक तथा सह-चालकहरूको पनि सुरक्षाका लागि आवश्यक कानुन बनाउन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)