धनुषामा नियमित कोटाको रसायनिक मल वितरण गरिँदै
ratopati.com · Sat Aug 08 10:05:39 GMT 2026

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको वितरण सुरु गरेको हो ।
मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको यही साउन ११ गते निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)