अग्रगामी मोर्चाले सामाजिक न्याय र समानतालाई प्राथमिकता दिनेछ: जनार्दन शर्मा
kendrabindu.com · Sat Aug 08 10:09:21 GMT 2026

काठमाडौं। विभिन्न राजनीतिक दलहरूको सहभागितामा ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रमुख नेता जनार्दन शर्माले मोर्चाको अवधारणापत्र प्रस्तुत गर्दै समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशिता, धर्मनिरपेक्षता तथा आर्थिक विकास र सामाजिक–आर्थिक रूपान्तरणलाई प्राथमिकता दिने राजनीतिक शक्तिहरूको साझा मोर्चाका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताए ।
अवधारणापत्र प्रस्तुत गर्दै शर्माले शोषित, उत्पीडित तथा बहिष्करणमा पारिएका सीमान्तकृत समुदायलाई एकताबद्ध गरी राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका साथै जातीय, लैङ्गिक र वर्गीय मुक्तिका लागि निरन्तर संघर्ष गर्ने मोर्चाको उद्देश्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)