राज्यका शक्ति केन्द्रित हुँदा सर्वसत्तावाद र अधिनायकवाद मौलायो: उपेन्द्र यादव
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी भएको दाबी गर्दै उनले विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा विभिन्न समुदायका आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र र गणतन्त्र जस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)