कृषि विकास बैंकद्वारा १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण
annapurnapost.com · Mon Aug 31 14:11:17 GMT 2026

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले १० लाख रुपैयाँ बराबरको लगभग २०० पिडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, विष्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा, पिउने पानी लगायतका अत्यावस्यक खाद्य सामग्रीहरु सहयोग गरेको हो। यस अघि पनि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा.३ करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)