समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने एमालेको निर्णय
nepalnews.com · Sun Dec 28 17:15:07 GMT 2025

काठमाडौँ। नेकपा एमालेले २१ फागुनमा हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (आइतबार) बसेको बैठकले आयोगमा समानुपातिकतर्फको बन्दसूची भोलि (सोमबार) बुझाउने निर्णय गरेको एमालै उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्दसूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउनेछ। उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)