फ्लोरिडामा ट्रम्प र जेलेन्स्की भेट्दै, के हुन् वार्ताका मुद्दाहरू ?
baahrakhari.com · Sun Dec 28 17:19:16 GMT 2025

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की फ्लोरिडामा भेट्दै छन् । यस क्रममा युक्रेनमा छेडिएको रुसी युद्ध समाप्त गर्ने २० सूत्रीय योजनामाथि छलफल हुने भएको छ । जेलेन्स्कीले अमेरिका प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुराकानी गर्दै शान्ति योजना ९० प्रतिशत तयार भइसकेको बताए ।
यद्यपि, यस सन्दर्भमा जेलेन्स्कीले दुई बुँदाहरूबारे उल्लेख गरे । पहिलो, भूभागसँग जोडिएका मुद्दाहरूमा छलफल अझै बाँकी छ । ट्रम्प प्रशासनले रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले छोडिदिनुपर्छ भन्ने चाहन्छ, जबकि जेलेन्स्कीले यसलाई युक्रेनका लागि लक्ष्मण रेखा ठान्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)