कर्णाली राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
ratopati.com · Sat Aug 08 10:51:34 GMT 2026

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको डुङ्गेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी घर भई तल्लोडुङ्गेश्वर बस्दै आएका प्रेमबहादुर रोकाया रहेको दैलेख प्रहरीले जनाएको छ।
शनिबार सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकले विपरीत दिशातर्फ आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)