रास्वपा महामन्त्री भन्छन्- देश एक्लैले बन्दैन, स्थानीय र प्रदेश तहको निर्वाचनमा जनताकाे साथ चाहिएको छ
nepalpress.com · Sat Aug 08 10:52:44 GMT 2026

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश एक्लैले बन्न नसक्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आज आयोजित पार्टीको कार्यक्रममा उनले देश बनाउन सबैको साथ चाहिने र त्यसको नेतृत्व रास्वपाले गरिरहेको बताएका हुन् ।
‘हामी जिम्मेवारीमा आएको ६ महिना पनि बितेको छैन । देश एक्लैले बन्दैन । २७५ जनाले पनि बन्दैन । देश बनाउन सबैको साथ चाहिन्छ । सबैको समन्वयले बन्ने हो देश’, उनले भने, ‘अब स्थानीय तह प्रदेशको निर्वाचन आउँदै छ, त्यसमा रास्वपाले तपाईँहरूको साथ खोजेको छ । बल्ल आधा वर्ष मात्रै पुग्न थालेको छ । अझै साढे ४ वर्ष पूर्णरुपमा साथ दिनुपर्ने छ । त्यसको लागि स्थानीय, जिल्ला तहबाटै काम अघि बढाउनुपर्ने छ । त्यसको समन्वय गर्ने स्थानीय तहमै रहेका नेता कार्यकर्ता र शुभेच्छुकहरूले गर्ने हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)