नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलन : २३ बुँदे काठमाडौँ घोषणापत्र जारी
ratopati.com · Sat Aug 08 11:00:27 GMT 2026

काठमाडौँ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौँमा सम्पन्न भएको छ। महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरको नेतृत्वमा साउन २३ गते सम्पन्न सम्मेलनले २३ बुँदे 'काठमाडौँ घोषणापत्र-२०८३' सर्वसम्मतिले पारित गरेको छ।
नेपाली काँग्रेसको भातृ संस्थाको रूपमा रहेको यस महासङ्घले पार्टीको राजनीतिक आदर्श, मूल्य, र मान्यता अनुसार राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, र समाजवादलाई आत्मसात् गर्दै ऐतिहासिक रूपमा पछाडि पारिएका जातजाति, क्षेत्र, र लिङ्गलाई राज्य सञ्चालनको मूलधारमा समाहित गर्न जोड दिएको छ। घोषणापत्रमा नेपाली काँग्रेस पार्टी निर्माण र आधुनिक नेपाल राज्य निर्माणमा आदिवासी जनजाति योद्धाहरूले पुर्याएको योगदानको स्मरण गर्दै उनीहरूप्रति उच्च आदरभाव व्यक्त गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)