पूर्वसभापति देउवा स्वदेश फर्किने मिति परिवर्तन
barnanmedia.com · Sat Aug 08 11:05:21 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् ।कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि पूर्वसभापति देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको बताए । उनले आगामी बिहीबार साढे १२ बजे थाई एयरबाट देउवा स्वदेश फर्किने तय भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)