खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
nepalviews.com · Tue Jun 30 01:00:20 GMT 2026

ढोरपाटन । मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुनमगरका अनुसार यसबेलासम्म आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सकिनुपर्नेमा पर्याप्त वर्षा नभएकाले ३८ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)