प्रधानमन्त्रीले गरे प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीको प्रशंसा
ratopati.com · Mon Aug 31 14:27:14 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको प्रशंसा गरेका छन्।
बाढी आएको छैटौँ दिनसम्म पनि प्रभावित क्षेत्रमा आफ्नो ज्यानको समेत प्रवाह नगरी खटिएका सबैप्रति प्रधानमन्त्रीले सोमबार सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका हुन्। उनले विपद्का बेला देखाइएको धैर्य, साथ, सहयोग र समन्वयप्रति धन्यवाद दिँदै प्रदेश तथा स्थानीय सरकारले सङ्घीय सरकारलाई दिएको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)