काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो
nepalpress.com · Sat Aug 08 11:14:44 GMT 2026

भद्रपुर (झापा)। पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु ३६ अर्ब ३८ करोड नाघेको हो ।
आव २०८१/८२ को असारसम्म काँकरभिट्टा नाका भएर रु २५ अर्ब ८३ करोड १० लाख ६४ हजार बराबरको व्यापार घाटा रहेकामा आव २०८२/८३ को सोही अवधिमा रु १० अर्ब ५५ करोड १९ लाख ७८ हजारले वृद्धि भई रु ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)