७ हजारमा ग्यास बेचेको आरोपमा भक्तपुरबाट एक जना समातिए
ratopati.com · Sat Aug 08 11:17:50 GMT 2026

भक्तपुर । खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् ।
उनले सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, त्वयनाले उपभोक्ताहरूलाई प्रति सिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पसलमा चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिन्डर फेला पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)