आठ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, के–के छन् अवधारणापत्रमा ?
annapurnapost.com · Sat Aug 08 11:23:20 GMT 2026

काठमाडौं : बिभिन्न आठ राजनीतिक दलहरुले संयुक्त रुपमा अग्रगामी मोर्चा घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन् ।
उनीहरुले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाएका छन् । सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)