‘मन्त्री नभए पनि काम रोकिएको छैन, सरकार विस्तारका लागि केन्द्रदेखि प्रदेशसम्म गृहकार्य जारी छ’
ratopati.com · Sat Aug 08 11:34:48 GMT 2026

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको ११ दिन बितिसक्दा पनि कर्णालीमा मंगलबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । उनी एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने साउन १३ गते शपथ र पदभार ग्रहण गरेका थिए ।
यति लामो समय बितिसक्दा पनि शाही एक्लैले सरकार सम्हालेका छन् । मन्त्री नहुँदा मन्त्रालय तहमा हुने काम प्रभावित भएका छन् भने सरकार अनिर्णको बन्दी जस्तो बनेको छ । साउन नयाँ आर्थिक वर्षको पहिलो महिना भएकाले बजेट कार्यान्वयनका लागि कार्यविधि बनाउने, योजनाहरूको पूर्वतयारी गर्ने र प्रशासनिक निर्णयहरू लिने समय हो । मन्त्रालयहरूमा मन्त्री नहुँदा मन्त्रालयस्तरमा हुनुपर्ने कतिपय नीतिगत निर्णय र फाइल स्वीकृतिका कामहरू ठप्प भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)