मधेसमा भएको दङ्गाका कारण स्थगित एमबीएस प्रथम सत्रको परीक्षा भदौ १५ गते हुने
barnanmedia.com · Sat Aug 08 11:28:14 GMT 2026

मधेसमा भएको दङ्गाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको स्थगित भएको परीक्षा आगामी भदौ १५ गते सञ्चालन हुने भएको छ ।
डीनको कार्यालयले जारी गरेको जरुरी सूचना अनुसार गत साउन १५ गतेका लागि निर्धारित मास्टर अफ बिजनेस स्टडिज कार्यक्रमको बजार व्यवस्थापन विषयको परीक्षा तोकिएका केही परीक्षा केन्द्रहरूमा स्थगित गरिएको थियो । सो परीक्षा भदौ १५ गते साढे ११ बजे पूर्व निर्धारित सोही केन्द्रहरूमा सञ्चालन गर्न लागिएको डीनको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)